काठमाडौं,२६ असार प्रहरीले काठमाडौंको कोटेश्वरबाट ३५ किलो सुन बरामद गरेको छ । सुराकीका आधारमा विहान ३५ किलो अवैध सुनसहित एक जनालाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको र विहान ११ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।