काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित सुदूरपश्चिम भ्रमणमा जानुहुने कार्यक्रम रहेको छ। यसअघि एक्लै भ्रमणमा निस्कनुभएका पूर्वराजा बाढीपीडितलाई राहत बाँड्न परिवारसहित बाढी प्रभावित क्षेत्र जान लाग्नुभएको स्रोतले जनाएको छ।
उहाँले हिमानी ट्रस्टमार्फत राहत बाँड्न सुदूर र मध्यपश्चिम भ्रमणमा जान लाग्नुभएको हो। भ्रमणको बन्दोबस्त गर्न उहाँका निजी सचिव सागर तिमल्सिना, डा. फणिराज पाठक र अन्य सहयोगीहरु यही २ गते सडक मार्ग हुँदै धनगढी जानुहुने कार्यक्रम रहेको छ। स्रोतका अनुसार २ गते नै पूर्वराजा र परिवार चढ्ने कारगेट र अन्य सवारी साधन धनगढी लैजाने कार्यक्रम तय भएको छ। पूर्वराजाको भ्रमणको चाँजोपाँजो मिलाउन स्थानीय राजावादीलाई निर्देशन दिएको छ।
‘हिमानी ट्रस्टका अध्यक्ष हिमानी शाह, पूर्वराजाकी छोरी प्रेरणा, दिलाशा , शीताष्मालगायत
ट्रष्ट कार्यसमितिका पदाधिकारीसहितको टोली ६ गते बुद्ध एयरबाट धनगढी जाने कार्यक्रम तय भएको छ’ –स्रोतले भन्यो। बुद्ध एयरबाटै साउन ७ गते पूर्वराजा, उहाँकी पत्नी कोमल, नाति हृदयेन्द्र र दुई नातिनीसहितको धनगढी जाने कार्यक्रम तय भएको छ। धनगढी बसाइपछि पूर्वराजाको परिवार सुदूरपश्चिमको महेन्द्रनगर, त्यसपछि दार्चुला जाने कार्यक्रम रहेको छ। सुदूरपश्चिमको भ्रमण सकिएलगत्तै नेपालगन्ज फर्किने र मध्यपश्चिमको बर्दियाका बाढीपीडितलाई राहत वितरण गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ। ‘हिमानी ट्रस्टले तय गरेको कार्यक्रमअनुसार पूर्वराजासहित उहाँको सम्पूर्ण परिवारले राहत वितरण गर्ने कार्यक्रम रहेको छ।
टोलीले कैलाली, महेन्द्रनगर, दार्चुला बर्दियालगायतको बाढी प्रभावितलाई भेटेर राहत वितरण गर्ने कार्यक्रम तय भएको छ’ –स्रोतले नेपाल समाचारपत्रसँग भन्यो। हिमानी ट्रस्टले बाढीपीडित परिवारलाई लत्ता कपडा ,खाद्यान्नलगायतका सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ। ट्रस्टले संकलन गरेका सामग्री दुवै जिल्लाका बाढीपीडितलाई वितरण गर्ने कार्यक्रम रहेको छ। सामाजिक कार्य गरी जनताको मन जित्न लाग्नुभएका पूर्वराजाले यसअघि भ्रमण गरेका स्थानीय जनातासँग आफ्नो भूमिकाको बारेमा समेत चर्चा गर्नुभएको थियो।
यो भ्रमण भने पूर्णरूपमा हिमानी ट्रस्टको हुने भएको छ। पूर्वराजाको परिवारको टोली साउन १६ गते काठमाडौं फर्किने कार्यक्रम तय भएको छ। करिब डेढ महिनाअघि तराईका पाँच जिल्लाको भ्रमण गरी जनकपुरमा नागरिक अभिनन्दन ग्रहण गर्नुभएका पूर्वराजाले ६ महिना यता पश्चिमाञ्चलको कास्की, कपिलवस्तु, रूपन्देही, वाग्लुङ, पर्वत, स्याङजा र नवलपरासी मध्यमाञ्चलको मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, सर्लाही सिराहा, धनुषा, महोत्तरी, पूर्वाञ्चलको मोरङ,
सुनसरी, सप्तरी, जिल्ला भ्रमण गरिसक्नुभएको छ। श्रोत: नेस