क्राइम चेक छैठौं वर्षमा.....

प्रकाशकीय
प्रजातन्त्र, स्वतन्त्रता र संसदीय व्यवस्थाबाट लोकतन्त्र र गणतन्त्रको यात्रा तय गरिसकेपनि मुलुकको ऐना अर्थात् चौथो अंग मानिएको पत्रकारिता एवं पत्रकारको समस्या, दु:ख र जोखिमपूर्ण जीवन अति कष्टमय प्रदक बन्दै गएको छ । तैपनि पत्रकारिता एवं पत्रकारको न्यूनतम राहतको संबोधन हुन सकेको छैन । त्यसमाथि स्थानीय मोफसलबाट प्रकाशित हुने पत्रिका एवं पत्रकारको दु:ख एवं कष्टमय जीवन अर्थात् ज्यानको जोखिमपूर्ण वातावरणबाट पिल्सिदैं जानुले पनि स्थापित लोकतन्त्र र गणतन्त्र नामक राज्य व्यवस्था राजनीतिक दलहरूकालागि हात्तीले देखाउने दाँत हुन पुगेको छ । तैपनि अनेकौं बाधा–व्यवधान एवं जोखिमपूर्ण वातावरणमा मोफसलबाट प्रकाशित हुने क्राइमचेक साप्ताहिक पत्रिका निरन्तर प्रकाशित भई पाँचौ वर्ष पूरा गरी छैठौं वर्षमा प्रवेश गरेको छ । र क्राइम चेक साप्ताहिक पत्रिका छैठौं वर्षमा प्रवेश गरेको शुभ अवसरमा सर्वप्रथम सम्पूर्ण पाठक वर्ग, विज्ञापनदाता र सहयोगी एवं समय–समयमा सल्लाह र सुझाव दिई यस पत्रिकाको प्रकाशनमा उत्साह थप्नुहुने सबैमा क्राइमचेक साप्ताहिक परिवार हार्दिक कृतज्ञता प्रकट गर्दछ ।
हाम्रो मुलुकमा संसारकै उत्कृष्ट कहलिएको लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भएको ५ वर्ष पूरा गरी छैठौं वर्षमा पुगिसक्दा पनि मुलुक र समाजको ऐना मानिने राज्यको चौथो अंग काहालीलाग्दो भूमरीमा रुमल्लिन बाध्य छन्, किन ? राजनीतिक दल र तिनका भगनी अर्थात् दलको प्रतिनिधित्त्व बोकेका निकायको गतिहीनता नै हो, भन्नुपर्दा फरक नपर्ला । किनभने पत्रकार र पत्रिकाको वृहत्तर

विकास एवं हक–हितकालागि व्यवस्थित गर्न राज्यले प्रेस काउन्सिलको व्यवस्था गरेको छ । त्यस्तै सूचना विभाग, प्रेस काउन्सिलको स्वरुप भनेको राजनीतिक दलको त्यसमाथि सत्तारुढ दलको अनुयायी अर्थात् कार्यदिशा सूचक व्यक्ति अर्थात् पत्रकार नै रहने मान्यता रहिआएको प्रेस काउन्सिलको भूमिका नै चौथो अंग अर्थात् पत्रकारिता र पत्रकारसँग सरोकार राख्ने निकाय पनि हो ।
आजको प्रेस काउन्सिलको भूमिका व्यापक र रचनात्मक हुनुपर्ने हो । र प्रेस काउन्सिलले लोकतन्त्र एवं गाणतान्त्रिक व्यवस्थाको प्रत्याभूति गर्न अर्थात् असल शासन व्यवस्था हो भन्ने सवालमा संबोधन गर्न राज्य अर्थात् दललाई घचघच्याउनु प्रमुख दायित्त्व हो । प्रेस काउन्सिलजस्तो अत्ति संवेदनशील निकायको भूमिका दोहोरो मापदण्ड अर्थात् अतिरञ्जित हुनु हुँदैन । सर्वप्रथम पत्रिका र पत्रकारको न्यूनतम मागहरू राज्यमार्फत् सम्बोधन गराउनुको साथै शान्ति सुरक्षाको प्रत्याभूति गराएर पत्रकारको जीउ धनको सुरक्षा गर्नु पनि कर्तव्य हो । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने नेपाली प्रख्यात उख्खान टुक्का झैं प्रेस काउन्सिलले पत्रिका र पत्रकारलाई राहत दिलाउनु कता हो कता उल्टै दलका कार्यकर्ताबाट प्रकाशित पत्र–पत्रिकालाई राज्यको सुविधा दिलाउने पुलको रुपमा प्रयोग हुने दलाली प्रवृत्तिले मुलुकको पत्रकातिा दिनानुदिन गिर्दो छ । ह्रास हुँदै गएको छ । समाज र मुलुकको ऐना रहेको पत्रकारिताको अवस्था राजनीतिक दलको कार्यकर्ता हुनैपर्ने अवस्था छ भने निष्पक्ष पत्रकारिताको आवश्यकता कसरी संभव छ ?
निडर एवं निष्पक्ष पत्रकारिताबाट नै प्रजातन्त्र, स्वतन्त्रता र मानवाधिकारको रक्षा हुने सर्वमान्य सिद्धान्त पनि हो । तसर्थ लोकतन्त्र र गणतन्त्र स्थापना भईसक्दा पनि प्रेस काउन्सिल दलभित्र मै सीमित हुने आजको यथार्थताले नै संसदीय व्यवस्था ढलेझैं स्थापित लोकतन्त्र र गणतन्त्र व्यवस्था पनि धर्मराउन थालेको छ । प्रेस काउन्सिल संगसँगै स्थानीय निकायको पत्रकार महासंघको कार्यदिशा समयमा नै नसच्याउने अक्षम्य भूल गर्नु भनेको मुलुकलाई निरंकूशता र अधिनायकवादतर्फ धकेल्नु पनि हो ।
अन्तमा, चार वर्षदेखि सरकारी तथा अद्र्धसरकारी निकायबाट विज्ञापन तथा सहयोग नपाउँदा नपाउँदै पनि आजसम्म दु:ख, दर्द तथा कष्टमा सहभागी भई मद्दत एवं सहयोग पुर्‍याउनुहुने स्थानीय उद्योगी–व्यापारी तथा पाठकवर्गहरूप्रति क्राइमचेक साप्ताहिक परिवार हार्दिक आभार प्रकट गर्दछ । यहाँहरूबाट प्राप्त सहयोगले राष्ट्रहितको मुद्दामा निरन्तर कलम चलाउन उत्प्रेरित गरिरहने भएकोले आउँदा दिनमा पनि यसैगरी सहयोगको अपेक्षा राख्दछ ।
 प्रकाशित मिति २०७० साउन ३ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment