काठमाडौं, श्रावण १ । पूर्व युवराज्ञी हिमानी शाह मध्य तथा सुदूरपश्चिमका बाढी पीडितलाई राहत वितरण गर्न यही साउन ६ गते धनगढी जाँदै छिन् । आफ्नो नाममा रहेको हिमानी ट्रष्टमा संकलित नगद तथा जिन्सी र खाद्य सामग्री लिएर पूर्व युवराज्ञी घनगढी जान लागेकी पूर्व राजा ज्ञानेन्द्रका संवाद सचिव फनिन्द्र पाठकले हामीलाई जानकारी दिएका छन् ।
धनगढीबाट दुवै क्षेत्रका पीडितलाई राहत वितरण गर्ने संयन्त्र मिलाइएको जनाइएको छ ।
हिमानी ट्रष्टले बाढी पीडितहरुका लागि राहत उपलब्ध गराउन गरेको अपील अनुसार झण्डै ३९ लाख नगदसहित लत्ताकपडा, खाद्य सामग्रीका साथै औषधी जम्मा भएको छ ।
सोही सहयोगका लागि पूर्व राजपरिवारले कोषमार्फत २५ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । सरकारलाई उक्त सहयोग रकम सम्बन्धित ठाउँमा पुर्याउन आग्रह गरे पनि चासो नदिएपछि पूर्व राजपरिवार आफै कस्सिएको बताइएको छ ।
यसैबीच, हिमानी ट्रष्टका संरक्षकद्धय पूर्व राजा ज्ञानेन्द्र तथा पूर्व रानी कोमल शाह साउन ७ गते धनगढी जाने कार्यक्रम छ । पूर्व राजपरिवार कम्तिमा एक साता धनगढीमा रहने पाठकले जानकारी दिए ।