सुत्केरी महिलालाई वचाए नेपाली सेनाले

गणेश वि.क, रुकुम
असार, २६ गते
जीवनकला पुरी मृत्यु संग लडिरहेकी थिइन । जिल्ला अस्पताल सल्लेको वेडमा सुत्केरी भैसकेपछि रगतको अभावले  उनी छटपटि रहेकी हुन । उनीको जटिल परिस्थितिको सुत्केरी वेथा भएकोले जिल्लामा उपचार सम्भव थिएन । जिल्ला स्वास्थ्य कार्यालयले उनीलाई यहाँ सफल उपचार गर्न
नसकिने भन्दै नेपालगन्ज रिफर गरिसक्योको थियो । तर उनको आर्थिक अभाव र स्रोतसाधनको अभावका कारणले उनी छिटै नेपालगन्ज पुग्न सकेनिन् । अन्ततः उनी जिल्ला अस्पतालमै सुत्केरी भईन । सुत्केरी भए पछि जीवनकला पुरीको शरिरमा रगतको अभाव भएको थियो । उनका आफन्तहरु रगतको खोजीमा भैतारिरहेका थिए । एक्कासी उनीहरुसंग अपरिचित व्यक्ति नेपाली सेनाको ड्रेस लगाएकाले म दिन्छु रगत भन्दा उनीहरुले पत्याएनन् । दि फेमश महिन्द्र दल गण सल्ले रुकुमका क्याप्टेन कृष्ण वस्ताकोटी वेडमा सुते र भने–ल मेरो गरत झिक्नुहोस्, मेरो रगत पनि व ग्ररुपकै हो । उहाँ को रगत संग मेरो रगत मिल्छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी र पुरीका आफन्तहरु चकित परे । मन नलगाई नलगाई स्वास्थ्यकर्मीले उनको शरिरवाट एक पाउण्ड रगत झिके र पुरीलाई दिए । रगत पाए पछि
जीवनकला पुरी जीवित रहिन ।
यसरी जिल्ला स्वास्थ्य कार्यालयमा कसैलाई रगतको अभाव प¥यो भने सोहि गणका जवानहरुले रगत दिदै आएका छन् । यसभन्दा अगाडि १५ जनालाई रगत दिई सकेका छन् तर वस्ताकोटीले भने ५ पटक रगत दान गरिसकेका छन् ।
वाँफिकोट गाविसकी ३३ वर्षिया जीवनकला पुरीले निःशुल्क रगत पाएपछि नेपाली सेना र क्याप्टेन वस्ताकोटीले आफुलाई जीवनभर ठूलो गुण लगाएको प्रतिक्रिया दिईन । पुरीको उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीहरुले रगत जिल्ला अस्पताल सल्लेमा नभएको भन्दै वाहिरैवाट रगतको व्यवस्था गर्न भनेपछि पुरीका आफन्तहरु रगतको खोजीमा भैतारिरहेका थिए ।
स्थानीय कसैले रगत दिन नमानेपछि आफै जिल्ला अस्पताल सल्लेपुगी क्याप्टेन वस्ताकोटीले एक पाउण्ड रगत दिएका हुन । रगत दिई सकेपछि पत्रकारसंग कुरा गर्दै वस्ताकोटीले भने–यसरी नेपाली जनताको नसा नसामा रगत दिन पाउदाँ म ज्याँदै खुशी भएको छु ।

SHARE THIS

Author:

Facebook Comment