बेईजिङ, असार २८ । पूर्वी चीनको ज्याङ्सु प्रान्तस्थित झुजोउकी एक महिलाले आफ्नै ८ महिने दुधे बालकलाई कैंची प्रहार गरी घाइते बनाएकी छिन् । ती महिलाले दुध पिलाउने समयमा आफ्नै बच्चाको शरीरमा ९० पटक कैंची प्रहार गरी घाइते बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आमाको कैंची प्रहारबाट घाइते भएका जिया बाओ नामक ती दुधे बालकको अधिकांश चोट अनुहारमा रहेको जनाइएको छ । घाइते बालकको शरीरमा एक सय टाँका लगाइएको पनि जनाइएको छ ।
आफ्नी आमा र दुई काकाका साथमा रहँदै आएका ती बालकलाई उनका काकाले रगतले लत्पतिएको
अवस्थामा भेटेपछि उपचारका लागि तत्काल अस्पताल पुर्याएका थिए । आमाको गम्भीर आक्रमणपछि पनि बालक भने बाँच्न सफल भएको बताइएको छ ।आमाको कैंची प्रहारबाट घाइते भएका जिया बाओ नामक ती दुधे बालकको अधिकांश चोट अनुहारमा रहेको जनाइएको छ । घाइते बालकको शरीरमा एक सय टाँका लगाइएको पनि जनाइएको छ ।
आफ्नी आमा र दुई काकाका साथमा रहँदै आएका ती बालकलाई उनका काकाले रगतले लत्पतिएको
घटनापछि प्रहरीले बालकको आमासँग सोधपुछ गर्दा दुध पिलाउने समयमा ९० पटक कैंची प्रहार गरिएको पुष्टी भएको हो । प्रहरीसँगको बयानमा बालककी आमाले जिया बाओले दुध पिउने समयमा हातखुट्टा चलाएको र स्तनको मुन्टा टोकिदिएका कारण कैंची प्रहार गरेको बताएकी जनाइएको छ ।
यद्यपी आमाले आफ्नै बालकप्रति गरेको कठोर व्यवहारको यकिन कारण भने पुष्टी नभईसकेको जनाइएको छ । बालकको खतरामुक्त अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।