पुल भत्किँदा राजमार्ग अवरुद्ध

बारा २६ असार,लगातारको वर्षाका कारण पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको सिमरा स्थित दुधौरा खोलाको पुल भासिएको छ ।पुलको बिचको भाग करिब चार फिट भासिएका कारण सयौ सवारी साधन र यात्रुहरु राजमार्गमै अलपत्र परेका छन । पुल भासिएपछि  भारी सवारी साधनको आवतजावतमा रोक लगाइएको छ । प्रहरीले हल्का सवारी साधन र बसलाइ यात्रु ओरालेर पुलबट आवात जावत गर्न दिएको छ । त्यस्तै किच्कीचाह खोलामा आएको बाढीका कारण बाराको प्रस्कोटा गाविस वडा नम्बर  ५  डुबानमा परेका छ । बाढीका कारण प्रसेटाकाको करिब ५० बिगाहा धान रोपएको खेत डुबानमा परेको स्थानीय चन्देश सिंहले जानकारी दिनु भयो ।यसैगरि  काट र सपाहा खोलामा आएको बाढीका कारण बाराको हरैया स्थित स्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको परिक्षा प्रभावित भएको छ ।बाढीका कारण  शिक्षक र विधार्थीहरु खोला तरेर विद्यालयमाा
जान नपाउदा आजको परिक्षा अवरुद्ध भएको स्थानीय सोनालाल साहले जानकारी दिनु भयो । त्यस्तै लगातारको वर्षाका कारण पर्साको सुकीभार खोलामा आएको बाढीका कारण शंकर सरैया गाविसको वडा नम्बर ४ र ५ मा रहेका करिब ५० घर डुबानमा परेको स्थानीय महेन्द्र पासवानले जानकारी दिनु भयो ।  यसैगरि अस्ति राति देखि लगातार रुपमा परेको वर्षाका कारण वीरगन्ज नगरका विभिन्न टोल जलमग्न हुदा नगरवासीको जनजीवन कष्टकर बनेको छ । वार्षाको पानीको निकास नभएका कारण वीरगन्जको पानीटयाङकी , भिस्वा , प्रगतीनगर ,राधेमाइ , नयाँवस्ती , नगवा लगायतका टोलहरु जलग्न भएका हुन । त्यस्तै जिल्ला प्रशासन कार्यालय , जिल्ला मालपोत कार्यालय लगायतका केहि सरकारी कार्यालयको परिसरमा पानी जमेका कारण सेवाग्राहीलाइ समस्या भएको छ । खास गरि नगरका भित्रि टोलमा रहेका ढल र नाला सरसफाइ नगरिएका कारण े वर्षाको पानी  र नालाको दुर्गन्धित पानी पनि सडकमै जमेर ताल बनेको छ । वीरगन्ज उपमहानगरपालिका कार्यालयको सरसफाइ विभागका कर्मचारीहरुले ढल र नालाको सफाइमा लापारवाही गर्दै आएकाले हरेक वर्ष वर्षातको मौसममा नालाको दुर्गन्धित पानी सडकमै  बग्ने गरेका कारण नगरवासीले सास्ती खेप्दै आएका छन । वर्षाको पानीसंगै नालाको दुर्गन्धित पानी पनि  घरमै पसेका कारण स्थानीयवासिन्दालाइ घर बाहिर आवत जावत गर्न पनि समस्या भएको छ । वीरगन्ज उपमहानगरपालिका कार्यालयको सरसफाइ फाँटमा कार्यरत कर्मचारीहरुले नाला र ढलको सरसफाइमा झारा टार्ने काम मात्र गरेकाले हरेक वर्ष वर्षातको मौसममा नगरवासीले सास्ती खेप्नु परेको स्थानीयवासीले बताएका छन ।

SHARE THIS

Author:

Facebook Comment