प्रत्येक वर्षको वर्षातका महिनाहरूमा अधिराज्यका विभिन्न स्थानहरूमा प्राकृतिक विपद, दैविक विपत्ति बाढी, पहिरो, डुबान, नदि कटान आदिबाट धनजनको ठूलो क्षति हुने गर्दछ । यस वर्षको वर्षात महिना शुरु हुनेबित्तिकै नेपालका कतिपय जिल्लाहरूमा अतिवृष्टि, अविरल वर्षाका कारण पहिरो, बाढी, डुबान, नदि कटान आदी प्राकृतिक विपद भएका छन् । असोज महिनासम्म वर्षातका कारण प्राकृतिक विपद हुन सक्दछ । तराईका जिल्लाहरू जो भारतसँग सीमा जोडिएको छ, भारतले एकतर्फी रुपमा आफ्नो सीमा बाँध बनाएर नेपाली भू–भाग डुबानमा पर्ने काम गर्दै आएको छ । सीमावर्ती नेपाली जनताहरूले छिमेकी राष्ट्र भारतको सीमा विरोधी कृयाकलापका कारण ठूलो सास्ती भोग्नु परेको छ । प्राकृतिक विपदका साथसाथै भारतीय ज्यादतीका पीडा पनि नेपाली जनताले सहनु परेको छ । यतिखेर भारतका कारण डुबानमा परेका
तराई मधेशका नेपाली जनताहरू अति आहतमा परेका छन् । उनीहरूलाई राहत न नेपाल सरकारले दिएको छ न भारत सरकारले । दार्चुला जिल्लाको सीमा नदि महाकालीमा भारतले द्विपक्षीय हितविपरित एकतर्फी रुपमा पश्चिम तर्फको नदि किनाराको आफ्नो भू–भागमा नदि नियन्त्रणको कार्य गरेको कारण नेपाली भू–भाग नदि कटान गर्दा दार्चुला जिल्लाको सदरमुकाम खलंगाको घरहं सरकारी कार्यालयहरू धेरै बगेर हजारौं नेपाली जनता विस्थापित भए, ढिलो गरी राहत सामग्री पुग्यो तर पर्याप्त नपुग्दा बाढीपीडित जनताहरू सहयोगको भीख माग्न, कठीन जिवन बिताउन विवश छन् । प्राकृतिक विपदको कष्ट वर्णन गरेर साध्य छैन । प्राकृतिक संकट, दैवी विपत्तिलाई रोक्न पनि सकिंदैन । पूर्व सर्तकता अपनायो भने धनजनको क्षति अवश्य कम हुन्छ । कर्णाली, गण्डकी, कोशीलगायत सबै ठूला नदिमा बाढी आएका छन् । बाढीले धनजन बगाएको छ । पहिरोले कतिपय घर परिवार पहाडमा पुरिएका छन् । तराई मधेशमा गाउँका गाउँ डुबानमा परेको छ । मानिसको घरमा भएको श्रीसम्पत्ति र खेतबारीमा लगाइएको बाली सबै डुबानमा परेर मानिसहरू जीविका निर्वाहको संकटपूर्ण अवस्थामा छन् । कबाढीपहिरो, डुबान पीडित जनताहरूलाई तत्काल आवश्यक राहत पुर्याउने दायित्व सरकारको हो । पीडित परिवारलाई राहत दिनु सबैको मानवीय कर्तव्य हो । प्रकृतिका साथ मानिसले संघर्ष गर्नुपर्दछ भन्ने कुरा बाढी पीडित जनताले जीवनमा भोगेका हुन्छन् । प्राकृतिक भयबाट बच्न वुद्धिले काम लिनुपर्दछ । बाढीडित जनतामा खाद्यान्न समस्या, लत्ताकपडाको समस्या, औषधिपानीको ठूलो जरुरत छ । बाढीपीडित जनताहरू केवल बाँच्न मात्र चाहन्छन् । उनीहरूलाई बचाउनु ठूलो धर्म हो । बाढिपहिरो र डुबानमा परेका मानिसहरूको चित्कार, उनीहरूले सामना गर्नुपरेको पीडा अति मार्मिक हुन्छ । वर्षाऋतुमा बढी प्राकृतिक विपद हुन्छ । वनस्पति, पशुपंक्षी, मनुष्य सबैले प्राकृतिक विपदसँग संघर्ष गर्नु पर्दछ । संघर्ष गरेर विजय हासिल गर्ने बाँच्दछ, नसक्नेले मृत्युवरण गर्दछ । प्राकृतिक विपदमा परेका, विस्थापित भएका, घरपरिवारका मानिसहरूलाई सुरक्षित ठाउँमा राखेर तत्काल सक्दो राहत पुर्याउनु बाहेक अर्को विकल्प हुँदैन । राहत वितरण र उद्धार कार्य पनि कठीन कार्य हो । वाढी, पहिरो र डुबानको समस्या भएको, जोखिममा परेको स्थानमा प्राकृतिक प्रकोप अगाडी नै सुरक्षाको पूर्व सतर्कता अपनाई राहतको व्यवस्था गरिनुपर्दछ । बाढी, पहिरो र डुबानमा परेका सम्पूर्ण मानिसहरू प्रति हाम्रो सहानुभूति छ । भगवानले उनीहरूको जीवन रक्षा गरुन्, शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्ने क्षमता दिउन भनि ईश्वरसँग हाम्रो प्रार्थना छ । पहाडमा पहिरोको डर, हिमालमा हिमताल फुट्ने डर, तराईमा बाढी र डुबानको डर वर्षात महिनाभरि प्राकृतिक प्रकोपको डरै डर । नेपालमा मात्र होइन, संसारका सबै भू–भागमा प्राकृतिक प्रकोपको आतंक हुन्छ ।