धनुषा २९ असार । जिल्लाको वेंगाशिवपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ठेडाकचुरी वडा नम्वर ३ का १७ वर्षीय कुमारी मण्डल भएको प्रहरीले जनाएको छ । नम्वर नखुलेको मोटरसाइकलले ठक्कर दिदा साइकल यात्री वर्षाको मृत्यु भएको हो । मोटरसाइकल चालक गौतम ठाकुर फरार रहेको ट्राफिक प्रहरी नायव निरीक्षक सुरेश ठाकुरले जानकारी दिनुभयो । मोटरसाइकल र पछाडी सवार रहेका तरापट्टी सिरसियाका अजय कुमार मंडल प्रहरीको नियन्त्रणमा रहेका छन् ।