नेपाल विहार रेडियो श्रोत संघको सहयोगले नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगढ् बनाउने – निमित प्रमुख जिल्ला अधिकारी के.सी.

आर.सी.एनबाट
वीरगंज २७ गते असार । नेपाल विहार रेडियो श्रोत संघले नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको दुर्गम जिल्ला दार्चुलामा दैविक प्रकोपबाट भएको बाढी पिडित क्षेत्रका बासिन्दाहरुलाई वहादुर के.सी.लाई हस्तान्तरण गरेको छ ।
राहत स्वरुप नगद रकम संघका अध्यक्ष हरेन्द्र प्रसाद यादवले रिपोर्टस क्लब नेपाल पर्साको बिशेष साक्षात्कार कार्यक्रम मार्फत आज जिल्ला प्रशासन कार्यालय पर्साका निमित प्रमुख जिल्ला अधिकारी टेक

सो बिशेष साक्षात्कार कार्यक्रममा निमित प्रमुख जिल्ला अधिकारी के.सी. ले नेपाल विहार रेडियो श्रोत संघले नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको दुर्गम जिल्ला दार्चुलामा दैविक प्रकोपबाट भएको बाढी पिडित क्षेत्रका बासिन्दाहरुलाई राहत स्वरुप नगद रु.२५,१८२/–  रकम संघले हस्तान्तरण गरेर नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगढ् बनाउनुको साथै केही समय देखी नेपालमा हल्ला रहेको पहाडी र मधेशी बीचको सम्प्रदायिक कुराहरुलाई भाईचारा एक आपसमा नाता कायममै रहेको कुरा संघले सहयोग प्रदान गरेर प्रमाणित गरेको  कार्यक्रममा निमित प्रमुख जिल्ला अधिकारी के.सी.ले बताउनु भयो ।
साथै यस किसिमको मानव कल्याण सहयोगको काममा बिभिन्न जिल्लामा रहेका संघ संस्थाहरुलाई एक्क ढिक्का भएर अगाडी बढेमा मात्र मुलुकको बिकास हुने बिचार समेत निमित प्रमुख जिल्ला अधिकारी के.सी ले कार्यक्रममा ब्यक्त गर्नु भएको थियो ।
उक्त राहत संकलन असार २६ गते बुधवारका दिन वीरगंज उपमहानगपालिकामा रहेका खुद्रा व्यवसायी तथा यस संघका पदाधिकारी लगायत सदस्यहरुबाट रकम समेत संकलन गरी जिल्ला प्रशासन कार्यालय पर्साका निमित प्रमुख जिल्ला अधिकारी के.सी. मार्फत उतm दुर्गम क्षेत्रको दार्चुला जिल्लामा गठन भएको बाढी पिडित राहत कोषमा सो रकम जम्मा गर्ने गरी रकम  हस्तान्तरण गरिएको कुरा संघका बरिष्ठ सल्लाहार एवं ठाकुर राम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख कुर्वान हवारीले कार्यक्रममा संचारकर्मीहरुलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष जलिल हवारी, सचिव अमित कुमार गुप्ता, सह सचिव महेश सर्राफ, कोषाध्यक्ष फुल शरीफ हवारी र सदस्य कौशल किशोर सर्राफ, जितेन्द्र सर्राफ, सचिन सुब्बा, अमजद अली, अनवर हवारी, पुजा श्रेष्ठ, वरिष्ठ सल्लाहकार कुर्वान हवारी, सल्लाहकार मञ्जुर समानी, हिम्मत खड्गी र सुलेमान हवारी समेतको उपस्थिती रहेको थियो ।
भने बिशेष साक्षात्कार कार्यक्रमको सभापति रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।


SHARE THIS

Author:

Facebook Comment