वीरगन्ज,२७ असार, आज विश्व जनसंख्या दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइदैछ । विश्व जनसंख्या दिवसको अवसरमा जिल्ला जनस्वाथ्य कार्यालय पर्साले विरगन्जमा विहान -याली निकालेको थियो । विश्वका जनसंख्याका विभिन्न मुद्दाहरुमाथि छलफल गर्न र संचेतना जगाउन हरेक वर्षको जुलाई ११ तारिखमा यो दिवस मनाइदै आएको छ । नेपालमा कम उमेरमा विवाह गर्ने र परिवार नियोजनको विकल्पप्रति नागरिकमा चेतनास्तर अझै प्रभावकारी पुर्याउन नसक्दा जनसंख्यामा पनि प्रभाव परिरहेको सरोकारवालाहरुको भनाइ छ ।