क्षितिशचन्द्र चक्रवर्ती
साधारण श्रद्धालु मानिस श्रीगुरुलाई नमस्कार, वन्दना गर्छ, तर गुरुको स्वरूप नजानेको हुनाले गुरुलाई बाहिर र संसारलाई ठूलो प्रेमले आफूभित्र राख्छ र निरन्तर हेरिराख्छ। सुषुप्तिकालमा जो आफ्नो सनातन र स्वयं प्रकाशस्वरूप स्वत: अनुभवमा आइरहन्छ त्यो आफ्नो वास्तव चैतन्यस्वरूपदेखि भिन्न कुनै अर्को पदार्थको जो सत्य र रमणीय बुद्धिले मानिस चिन्तन गर्छ, जसको नाम हो संसार। त्यो संसार हो अन्धकार किंवा आफ्नो वास्तविक चैतन्य र सुखस्वरूपको आवरण। श्रीगुरु त्यो आवरण हटाइदिनुहुन्छ।
यसरी गुरुतत्त्व जानेर अर्थात् श्रीगुरु हृदयमा स्थित भईकन भक्तलाई भित्र आकर्षण गर्नुहुन्छ र उसका सारा बुद्धिवृत्तिलाई परिचालित गर्नुहुन्छ। यस्तो जानेर श्रीगुरुको पाउमा आफ्नो शरीर आदिमा अभिमानरूप, प्रमाताभाव र विषय पदार्थमा प्रेमरूप प्रमेय जगत्भाव अर्पण गरिदिनुपर्छ। प्रमाता भाव र जगत्मा रमाइलो बुद्धिलाई शिथिल नतुल्याएपछि श्रीगुरुमा
श्रद्धा बन्दैन, किनकि जहाँसम्म कर्ता, भोक्ताभाव संस्कारको बलले निवारित हुँदैन त्यहाँसम्म आफ्नो हृदयमा स्थित गुरुमा श्रद्धा भक्ति बन्दैन। आफूलाई संसारी भनीकन र देह, धन, जन आदिमा आफ्नो बुद्धि उठाईकन गुरुमाथि श्रद्धा सम्भव छैन। श्रीगुरुमा यथार्थ श्रद्धा, भक्ति तब उत्पन्न हुन्छ जब आफू चित्तमा कुनै चिन्तालाई उठ्न नदिईकन हृदयस्थित र बुद्धि वृत्तिको प्रकाशक चैतन्यस्वरूपलाई अनुभव गर्छ। आफ्नो चैतन्यस्वरूपको अनुभव हृदयस्थित अन्धकार हटाईकन मात्र सम्भव हुन्छ।
यसरी श्रीगुरुको वन्दना मात्रबाट गुरुभक्ति सिद्ध हुँदैन, त्यो हो मामुली भक्ति, किन्तु जब परिच्छिन्न फलाना आफूलाई र आफ्नो सर्वस्वलाई अभाव गरीकन आफ्नू वास्तविक चैतन्य स्वरूपलाई अनुभव गर्छ अर्थात् जब हृदयस्थित सदा प्रकाशमान स्वरूपलाई खास आफ्नो स्वरूप भनी अनुभव गर्न समर्थ हुन्छ तब यथार्थ गुरुभक्ति हुन्छ। श्रीगुरुलाई आफ्नो हृदयभित्र आफ्नो वास्तविक स्वरूप भनी अनुभव गर्नुपर्छ, गुरुलाई बाहिरस्थित भनी बुझ्नु हो, अवहेलना गर्नु हो।
गुरुको चरण, सेवा आदि एकाग्र नि:स्वार्थ बुद्धिले गरेपछि गुरुलाई हृदयभित्र अनुभव गर्ने साधन, किनकि धनादि अर्पण भए चित्त श्रीगुरुको यथार्थ स्वरूपमा स्थित भइहाल्न सक्छ। यसरी गुरुतत्त्वको अनुभव भए मात्र सर्वात्मा, सर्वद्रष्टा र सर्वद्रष्टा, सर्वसहंर्ता परमेश्वरका भित्र अनुभव सम्भव हुन्छ। गुरुभक्तिबाट ईश्वरभक्ति हुन्छ। श्रीगुरु नै हुनुहुन्छ ईश्वरस्वरूप।
ईश्वरस्वरूपमा भक्तिपूर्वक चित्त स्थित भए चाँडै आफूलाई शुद्ध चैतन्यरूप भनी निश्चय हुन्छ- देहादि जगत् पदार्थमा म मेरो बुद्धि (कुनै प्रकारको इच्छा) उठ्न पाउँदैन। त्यसपछि ईश्वरको सहारा मुमुक्षु पुरु षलाई प्राप्त भइहाल्छ। क्रमक्रमले ईश्वरको प्रसाद परम्परा मिल्दै जान्छ र ज्ञानी ईश्वरभक्त कृतार्थ भइहाल्छ।
यसरी (१) गुरुलाई भित्र अनुभव गर्नुपर्छ र त्यसका लागि साधनहरू अपनाउनुपर्छ। त्यसपछि (२) हृदयमा बसिराखेका परमेश्वरमा चित्त स्थिर गर्नुपर्छ र आफूलाई त्यो अखण्ड चैतन्यस्वरूप भनी बुझ्नुपर्छ। त्यसपछि (३) त्यो परमेश्वर नै आफ्नू वास्वत स्वरूप हो भनी स्पष्टरूपले अनुभव (साक्षात्कार) भइहाल्छ। यसरी गुरुद्वारा ईश्वरस्वरूपको लाभ र ईश्वरको अनुग्रहबाट त्यो ईश्वरस्वरूपलाई आफ्नो वास्वत स्वरूप भनी सम्यक् अनुभव उत्पन्न हुन्छ। त्यसकारण सर्वदा श्रीगुरुलाई सम्पूर्ण निष्ठाद्वारा अवलम्बन गर्नु हो, श्रद्धालु पुरु षको कर्तव्य हो। तब मात्र त्यो चिरसुखी हुन्छ।
(स्व.चक्रवर्तीको ज्ञान साधन पुस्तकबाट साभार।)