तराईमा मधेशीमूलका धेरैजसोलाई यो मापसे(मादक पदार्थ सेवन) भन्ने चरा कुन बापसेको राज्य को हो भन्ने थाहा नै रहेनछ । त्यही भएर साधारण पढेलेखेका मधेशीहरुसंग मापसेको बारेमा सोध्दा ‘यी का ह? हम ना सुनले बानी या ना बुझ्तानी’ भनेर पो भन्छन् गाँठे । मधेशका मान्छेका नशामा दारु बग्दैन कि क्या हो कुन्नि या लोकल ठर्रा मापसेमा परदैन कि कसो?
केही वर्षअघि सरकार मादकपदार्थ सेवन गरेर सवारी चलाउंदा धेरै सवारी साधकहरु आर्यघाट शरणम गच्छामी भएको देख्दा आत्तियो । कँही नभएको जात्रा हाँडी गाउँमा भने जस्तो गरेर बल्लतल्ल हुने निर्वाचनसम्म नेपाली नागरिकहरु मादक पदार्थ सेवनले गर्दा सोत्तर नै हुने हुन् कि भन्ने ख्याल हाम्रो सरकारको फुटेको खप्परमा कसो कसो आएछ । बरु यी नेपालीहरुलाई आर्यघाट शरणम गच्छामी हुनबाट रोक्न मापसे गरिसकेपछि सवारीसाधन नचलाउन पाईने नियम बनाए हाम्रा अतिप्रिय
ट्रयाफिक दाजुहरुले । ‘कि मादकपदार्थ सेवन गर या सेवन गरेपछि सवारी नचलाउ ।’ सरकारको नियम थाहा पाउनेले मापसे पनि गरे, मातिए अनि सवारीमा पनि चढे तर सवारी भने चलाएनन् ।
जसले सरकारको नयाँ नियम थाहा पाएनन् वा थाहा पाएर पनि अटेर गरे तिनीहरु आर्यघाट धाम नपुगे पनि ट्रयाफिक प्रहरीको फन्दामा परेर हनुमानढोका धामचाँही पक्कै पुगे । अनि त्यहाँ रातभरि मस्तसंग हनुमानढोकामा लामखुट्टेसंग कुश्ती खेलेर बिताए । भोलीपल्ट विहान एक हजार दक्षिणा ट्रयाफिक प्रहरीलाई टक्रयाएर, प्रहरीको पापमोचन गर्ने प्रवचन सुनेर आफ्नो हेलमेट र ब्लयूबुक लिएर लुरुलुरु घर फर्किन बाध्य बनाइए । अब भने ट्रयाफिक प्रहरीको यो कारगर कदमले सकारात्मक परिणाम दिन थाल्यो । सरकारको राजस्व अली अली त बढ्यो नै आर्यघाट शरणम गच्छामि हुन लागेकाहरु पनि समसाँझै घरतिर फर्किए ।
पत्नीहरु पतिदेव समसाँझै घर फर्किन लागेकोमा एकातिर खुशी भए भने टिभीको रिमोटमा पतिदेवले साँझैबाट कब्जा जमाएकोमा केही दुखी पनि भए । आधारातमा घर फर्किने बाउको अनुहार नै चिन्न छाडेका छोराछोरीले बाटोमा देख्दा ‘यो मेरो बाउ हो’ भनेर ठम्याउन सक्ने भए । ब्रेथलाईजर मेशिन मुखमा लगाएर भित्रको रक्सी पनि बाहिरका ट्रयाफिक प्रहरीले थाहा पाउने भएपछि केही तथाकथित सम्पन्नहरुलाई आफ्ना काला कर्तुतहरु पनि बाहिर आउने हो कि भन्ने झस्का पनि मनमा पसेको छ । जबदेखि सरकारले मापसेको नियम लगाएको छ अधिकाशँ नेपालीहरु बकुल्लाको स्वागँ गर्दै भलादमीमा दरिन पुगेकाछन् ।
मापसे गरेर हुने सवारी दुर्घटनामा कमी आएपछि यता सरकार अब हुने चुनावमा भोटमा ठप्पा लगाउनेहरुको संख्या बढ्यो भनेर दगँदास छ । उता मधेशका सर्वसाधारणलाई भने यो मापसे भन्ने अनौठो वस्तु आफ्नी मापसे(आमा)को तर्फ हो कि बापसे(बाउ)को तर्फ को भन्ने नै थाहा छैन । मधेशका मान्छे त घरेलु रक्सी पिउंछन् र घरमै आफ्नी पत्नीसंग कुश्ती खेलेर थपक्क सुत्छन् । ती विचराले कहाँबाट पाउनु महँगो रक्सी अनि कहाँबाट मापसे गरेर तीनले चलाउलान कुनै सवारीसाधन ? मधेशमा पनि ट्रयाफिक प्रहरीले मुख्य सडक र चोकमा मापसे चेकिगँ त गर्छ नै । तर पनि खै किन यहाँका सर्वसाधारणलाई मापसे भनेको थाहा नै रहेनछ ।
विशेषगरि मधेशका महिलाहरुलाई मापसे भनेको मामाघर तिरको कोही नचिनेको पाहुना जस्तो लाग्या छ । देशमा हुने हरेक घटनाको बारेमा सर्वसाधारणले थाहा पाउनु पर्छ र सरकारले बताउनु पनि पर्छ सबैलाई । अझ जनताको जीउधन र स्वास्थ्यसंग जोडिएको सूचना र नियम सबैले थाहा पाउनु नै पर्दछ । जनताले बुझ्ने भाषामा बुझाउनु सरकारको कर्तव्य हो । जनताले न बुझ्नु या थाहा नपाउनु उनीहरुकोलागि लाजमर्दो कुरा हैन कि सरकारकोलागि लाजमर्दो कुरा हो । त्यसैले मापसे को बारेमा प्रश्नगर्दा अब कुनै मधेशीले बापसे पुछके बताएम (बुवालाई सोधेर भन्छु) भन्नु नपरोस् ।
प्रकाशित मितिः २०७० श्रावण ३ गते विहीबार ।