६ वटा उजुरीपछि ६ वर्षमा कलवारको नागरिकता बदर

दीपक गौतम
बीरगन्ज।
अन्तत भारतीय नागरिक अमरेन्द्र प्रसाद कलवारले फर्जी प्रमाण पेशगरी २०६३ साल चैत ११ गते लिन सफल भएको ३४१०२२÷४८नम्बरको नेपाली नागरिकता  बदर भएको छ । भारतीय नागरिक कलवारलाई कारवाही गर्न गृहमन्त्रालयले जिल्ल प्रशासन कार्यालय पर्सालाई आदेश समेत दिई सकेको छ ।
६ जनाले कलवार भारतीय नागरिक भएको प्रमाण पेश गरी निवेदन दिएको करिब ६ बर्ष बित्न लाग्दा भारतीय नागरिक कलवारको नागरिकता बदर भएको हो ।
अन्तत भारतीय नागरिक कलवारको नेपाली नागरिकताको प्रमाणपत्र २०७० साल जेष्ठ १६ गते बसेको मन्त्री परिषदको निर्णयबाट नागरिकता बदर भएको भएको र यसको जानकारी जिल्ला प्रशासन कार्यालय पर्सालाई जेष्ठ २७ गते पत्र पठाऊदै भारतीय नागरिक कलवार सहित नागरिकता प्रदान गर्न सहयोग पु¥याउने अन्य सबैलाई कारवाही गर्न गृहमन्त्रालयले आदेश दिएको छ ।  
बिगत ६ बर्ष देखि उक्त नागरिकता खारेजी प्रक्रिया चलिरहेको थियो भने कहिले फाईल नै गायब पारिन्थ्यो कहिले निवेदन । जिल्ला देखि गृह मन्त्रालय सम्मका अधिकांश कर्मचारीहरुलाई यो नागरिकता काण्डको बारेमा जानकारी थियो ।
२०६३ सालमा फर्जी प्रमाण पेशगरी भारतीय नागरिक कलवारले जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिन सफल
भएका थिए भने कलवार भारतीय भएको प्रमाणित हुने प्रमाण सहित २०६४ कार्तिक ३० गते पहिलो ०६७ माघमा दोश्रो २०६८ पुसमा तेश्रो २०६९ जेष्ठमा चौथो  २०६९ असारमा पाचौ र छैठौं उजुरी निवेदन जिल्ला प्रशासन कार्यालय पर्साम परेका थिए ।
 भारतको विहार राज्यले कलवारलाई प्रदान गरेको पहिचान पत्र , भारतीय मतदाता नामावलीको प्रमाणित फोटोकपी यहा सम्म भारतको स्थानीय ग्राम पञ्चायतका प्रमुख र मुखियाको भारतीय नागरिक भएको सिफारिसपत्रका फोटो कपी तथा जिल्ला प्रहरी कार्यालय पर्साको सर्जमिन मुचुल्का जसमा कलवार भारतीय नागरिक भएको भनी स्पष्ट रुपमा खुलाई पठाईएको सर्जमिन मुचुल्का लगायतका प्रमाणहरु हुदा हुदै पनि नागरिकता खारेज हुन ६ बर्ष लागेको छ ।
भारतीय नागरिकले फर्जी प्रमाणका आधारमा लिन सफल भएको नागरिकता अन्तत खारेज भएको छ भने नागरिकता दिलाऊन भूमिका खेल्ने उपर कानुनी कारवाही हुने भएको छ ।
कलवारको नागरिकता बदर प्रक्रिया लब्याउनमा लाखौं धनराशी खर्च भईरहेको दाबी सहित समाचार स्थानीय एव राष्ट्रिय समाचारपत्रहरुमा समाचारहरु प्रकाशित भई सकेका थिए ।
( भारतीय नागरिक कलवारले फर्जी प्रमाण पेशगरी लिन सफल भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नागरिकता लिने र लिन सहयोग गर्ने उपर कारवाही अघि बढाऊन आदेश गरेको गृह मन्त्रालयको पत्र । )


SHARE THIS

Author:

Facebook Comment