घरधनी विरुद्ध नारायणगढ बजार बन्द

चितवन, असार २९ । घरधनीहरुले ज्यादती गरेको आरोप लगाउँदै विरोधमा उत्रिएका व्यापारीहरुले आज पनि नारायणगढ, भरतपुर र रत्ननगरका बजार बन्द गराएका छन् । नेपाल घर बहाल उपभोक्ता मञ्चको अगुवाईमा गराइएको बन्दमा आज रुपन्देही र दमौलीका व्यापारीले पनि साथ दिएका छन् । भाडा बृद्धि फिर्ता नलिएसम्म बन्द जारी रहने ब्यापारीहरुले बताएका छन् । 
सरकारले घर वहालको मापदण्ड तोक्नुपर्ने, घर धनीले एकतर्फी रुपमा घर भाडा बढाउन नहुने, वहालमा बस्नेहरुको सुविधामा ध्यान दिनुपर्ने जस्ता माग उनीहरुको छ । बजार बन्द गराएपनि यातायातमा भने रोक लगाइएको छैन । देशको मध्य भागमा रहेको बजार क्षेत्र बन्द हुँदा त्यहाँबाट अन्यत्र सामान लैजाने काम भने ठप्प भएको छ ।

SHARE THIS

Author:

Facebook Comment