पित पत्रिका गर्न लाज लाग्दैन ?

जनकमान डंगोल

मनगढंनते कपोलकल्पित समचार तयार पारेर 'जन आस्था' साप्ताहिकले पारस शाहद्धारा अन्नपूर्ण होटलका साहुमाथि दुर्व्यवहार भनेर छापामा निकालेको रैछ ! अनि  त्यहि समाचार लाइ पछ्याउदै नेपालको महान अन लाइने पत्रकारले कपि पेस्ट गर्दै सेयर गर्न सुरु गरेछ ! अस्ति बिरामी भएर थाइल्याण्डमा उपचार गराई रहेका बेला पुर्व युवराज पारस शाह मर्यो भनेर यस्तै गरि हल्ला फैलाए ! जिम्मेवार राजनीतिमा लागेको भन्नेले समेत त्यहि गरे ! चारै तिरको ब्यापक दवाब पछी स्टाटस हटाउँदै माफ माग्नु पर्यो ! के यस्ता सबै काम कार्य हरु गर्न लाइ राज्यको चौथो अंग भनिने पत्रकार लाइ छुट छ ? भ्रम पूर्ण समचार दिने जनतालाई राज्यको कानून लाग्छ भने पत्रकार लाइ चैँ किन लाग्दैन ?
जुन 'जन आस्था' भनिने पत्रिकाले आज भन्दा केहि बर्ष अगाडी मिथ्या भ्रामक समचार छाप्दा चलचित्रकी नायिका श्रीषा कार्कीले आत्महत्या सम्म गर्नु परेको समाचार पनि नछापिएको काहा हो र  ! अस्ति फेरी तिनै 'जन सत्ता' पत्रिकाले पुर्व युवराज पारस शाहले अन्नपूर्ण होटेलको साहु लाइ कुट्यो ! तर यो कुटेको बिषयमा अन्नुपूर्ण होटेलको साहुले मिडिया लाइ केहि पनि भन्न चाहेन रे ! यदि कुटाइ खाको हो भने किन भनेन ? कसरि थाहा पायो त मिडियाले ? के मिडिया अन्तर्यामी हो ? हैन भने मनगढंनते कपोलकल्पित समचार प्रकाशित गर्ने त्यो पत्रिका र त्यो पत्रिकाको सम्पादक लाइ कसले दियो ? को कसको इसारामा यस्तो भ्रामक हल्ला फिजाईदैछ ? खुब मानव अधिकार हननको कुरा गर्छन नेपालको पत्रकार हरु ! आफ्नो चैँ मानव अधिकार हनन भाको देख्नेले अर्काको मानवाधिकार हनन गर्नु हुदैन भन्ने कुरा किन थाहा नभाको हो ? यस्ता पित पत्रकारिता गर्ने छापा पत्रिका तथा बिधुतिय पत्रिका तथा पत्रकार हरुको घनघोर बिरोध गरौ र बहिस्कार नगरे सम्म यस्ता हरुले चेटने वाला छैनन ! पित पत्रकारिता ... मुर्दाबाद !


हेर्नुहोस पित पत्रकारिताको नमुना !

पारस शाहद्धारा अन्नपूर्ण होटलका साहुमाथि दुर्व्यवहार

असार २६ । पुर्वयुवराज पारस शाह हृदयघातपछि पुनःजन्म लिएर बाँचेका हुन् भन्दा खासै फरक पर्दैन । किनकी उनलाई धेरैले नबाँच्ने भए भनेर माया मारिसकेका थिए । तर एक्कासी चिकित्सक नै आश्चर्यमा पर्ने गरी उनी सञ्चो भएका हुन् । यती साह्रो बिरामी भएर निको हुँदा धेरैले अब पारस सुध्रिएलान, उनले राम्रो गर्लान भन्ने सोचेका थिए । तर त्यो सोचाई विपरित पुनः पारसले एक जनासँग दुर्व्यवाहारपूर्ण व्यवहार गरेका छन । उनले होटल डेल अन्नपूर्णका साहु कपिल राणालाई दुर्व्यवहार गरेको आजको जनआस्थाले खबर छापेको छ । 

बिरामी छँदा नबाँच्ने आशामा वेवास्ता गर्नेको सुचिमा कपिल पनि भएको र पुनस्थापना केन्द्रमै भएपछि पारसले कपिललाई अप्ठ्यारो पर्दा काम लागेनौँ अहिले ठिक पार्न आउँछौँ भन्दै दुर्व्यवहार गरेको खबरमा उल्लेख छ । 

राजा त्रिभुवनका छोरा बसुन्धारतातर्फको सम्पत्ति अपुताली परेर कपिलले अन्नपूर्ण हत्याएको र महेन्द्रको खलकले र महेन्द्रको खलकले त्यसको हिस्सेदारी दाबी गरिररहेको पुरानै झगडाको कारण हो वा अरु नै कारण पारस र कपिलको सम्बन्ध तनावपूर्ण रहेको बताइएको छ । हाल काठमाडौँ फर्किसकेका कपिलले कोहीसँग पनि खुलेर नबोलेको बताइएको छ ।


SHARE THIS

Author:

Facebook Comment