नवलपरासी, वैशाख २५ । बेरोजगार युवा संघ नेपालले आब्हान गरेको राजमार्ग चक्काजामका कारण आज बिहानैदेखि विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दको अवज्ञा गरेको भन्दै नवलपरासीको कावासोतीमा बन्दकर्ताले चार वटा गाडीमा तोडफोड गरेका छन् । बन्दकर्ताले दुई वटा बस र दुई वटा ट्रक तोडफोड गरेका हुन् ।
युवा संघ नेपालले आज पूर्व पश्चिम राजमार्ग र चितवनदेखि नागढुंगासम्मको पृथ्वी राजमार्गमा चक्काजाम गरेका हुन् । उनीहरुले बेरोजगार युवाको तथ्यांक सार्वजनिक गरी शक्तिशाली बेरोजगार युवा संघ गठन गर्नुपर्ने, योग्यता अनुसारको रोजगारी दिनुपर्ने र सरकारले न्युनतम १ सय ५० दिनको बेरोजगार भत्ता दिनुपर्ने माग राखेका छन् ।
यता, चक्काजामको प्रभाव बुटवल र त्यस क्षेत्रका राजमार्गहरुमा पनि परेको छ । चक्काजाम भएपनि स्थानीय रुटमा संचालन हुने हल्का सवारीसाधन भने चलेका जनाइएको छ ।