बन्द फिर्ता

काठमाडौं, वैशाख २५ । विद्यार्थी संगठनहरुले बिहीबार (भोलि)का लागि आह्वान गरेको उपत्यका बन्द फिर्ता लिएका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएर लोकतन्त्रकै उपहास गर्न खोजेको भन्दै भोलिका लागि उपत्यका बन्द आह्वान गरेका थिए । 

भोलि मातातिर्थ औंशी परेकाले बन्दको कार्यक्रम फिर्ता लिइएको र विरोधका अन्य कार्यक्रम भने जारी रहने विद्यार्थी संगठनहरुले जनाएका छन् । 

SHARE THIS

Author:

Facebook Comment