चोरबाटोबाट नक्सापास !

दाङ, वैशाख २४ । दाङको घोराही नगरपालिकाले भूकम्पीय जोखिम कम गर्न नक्सापासका क्रममा भवन निर्माण आचार संहिता मापदण्ड लागु गरेपछि लागत बढेको भन्दै केही भवन निर्माणकर्ताले चोरबाटोबाट घर नक्सा पास गर्न थालेका छन् । निर्माण संहिताअनुसार बनाउदा २५ देखि ३० प्रतिशत लागत बढ्ने र प्रकृया झञ्झटिलो हुने भन्दै भवन मालिक र ठेकेदारले भवन निर्माण गरिसकेर जरिवाना तिरी नक्सा पास गर्न थालेका हुन् ।

 यो क्रम बढ्दो छ । घोराही नगरपालिकाका इञ्जीनियर रामधन श्रेष्ठले भवन निर्माण आचार संहिता लागु भएपछि केही छड बढी राख्नुपर्दा ५ देखि ७ प्रतिशत मात्र लागत बढ्ने बताउनुभयो । तर यसले जोखीम कम भई निर्माणकर्तालाई नै फाइदा पुग्ने हुन्छ ।

SHARE THIS

Author:

Facebook Comment