काठमाडौं, वैशाख २६ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा लोकमान सिंह कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्ति गरेको विषयमा पार्टी नेतृत्वविरुद्ध चर्को आलोचना भएको छ । हिजोदेखि जारी एमालेको जारी केन्द्रीय कमिटी बैठक विवादकै कारण स्थगित गरी स्थायी कमिटी बैठक राखिएको छ । केन्द्रीय कमिटी बैठकमा एमाले युवा नेताहरुले जनआन्दोलन दबाउन मुख्य भूमिका खेलेको आरोप लागेका कार्कीलाई अख्तियारको प्रमुख बनाउन सहमति जनाएको भन्दै पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् । विवाद साम्य पार्न स्थायी कमिटी बैठक डाकिएको बताइएको छ । श्रोत: इमेज