लोकमानका विषयमा राष्ट्रपति र अध्यक्ष रेग्मीबीच छलफल

काठमाडौं, वैशाख २४ । राष्ट्रपति डा. रामवरण यादव र चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबीच आज विहान राष्ट्रपति कार्यालय शीतल निवासमा छलफल भएको छ । पूर्व मूख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्ति गर्न संवैधानिक परिषदले सिफारिश गरेलगत्तै आन्दोलन चर्केपछि राष्ट्रपतिले रेग्मीसँग सोधपुछ गरेका हुन् । 

परिषदले सिफारिसको निर्णय गरेलगत्तैदेखि विभिन्न पक्षसँग औपचारिक अनौपचारिक स्तरमा आफूसमक्ष ल्याएको सिफारिशबारे परामर्श गरिरहेका राष्ट्रपति डा. यादवले आज अध्यक्ष रेग्मीलाई आफ्नै निवासमा बोलाएर वास्तविकता बुझेका हुन् । र्चौतर्फी विरोधपछि कार्कीको नियुक्ति रोकेर यसबारे थप परामर्शमा लागेका राष्ट्रपतिले रेग्मीसँग विकल्पहरुबारे पनि छलफल गरेको स्रोतले जनाएको छ ।

अध्यक्ष रेग्मीले भने संवैधानिक परिषदले अख्तियार प्रमुखमा नियुक्तिका लागि कार्कीलाई गरेको सिफारिस अनुमोदन गर्न आग्रह गरेका थिए । रेग्मीले कार्कीलाई नियुक्तिका लागि सिफारिस गर्नुको कारणबारे पनि जानकारी गराएका थिए । 

परिषद्ले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेपनि राष्ट्रपति यादव भने उक्त सिफारिसप्रति सन्तुष्ट देखिएका छैनन् । विभिन्न दल र नागरिक समाज विरोधमा उत्रेपछि लोकमान नियुक्तिको विषय झन् विवादमा फसेको छ ।

SHARE THIS

Author:

Facebook Comment