एक दशकसम्म तीन महिलालाई वेपत्ता बनाएको स्विकार


वासिङटन, बैशाख २६ । एक दशकसम्म वेपत्ता बनाई तीन अमेरिकी महिलालाई अपहरण र बलात्कार गरेको आरोपमा पक्राउ परेका अमेरिकी नागरिक एरियल क्यास्ट्रोले आफनो आरोप स्वीकारेका छन् । सन् २००४ मा अपहरण गरी आफनै घरमा बन्धक बनाएका तीन महिलालाई एक दशकदेखि बलात्कार गर्दै आएको पनि क्यास्ट्रोले स्वीकारेका छन् ।

अमेरिकाको ओहायो राज्यबाट १४, १६ र ३२ बर्ष उमेरका तीन जना सन् २००४ को जनवरीदेखि सम्पर्कविहीन बनेका थिए । उनीहरुलाई प्रहरीले अमेरिकाकै स्लेभल्याण्ड शहरको एक घरमा फेला पारेको थियो । बर्षौदेखि सम्पर्कविहीन महिलामध्ये एक महिलाले छिमेकीसँग गुहार मागेपछी घटना सार्वजनिक भएको हो ।

 अपहरणमा परेका महिलाले क्यास्ट्रोले अलग अलग कोठामा सिक्रीले बाँधेर राख्ने गरेको र १० बर्षसम्म बलात्कार गरेको बताएका छन् । तीनै जना महिलालाई बारम्बार गर्भपतन समेत गराएको खुलासा भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले क्यास्ट्रोका तीन दाजुभाईलाई पक्राउ गरेपनि एरिएल क्यास्ट्रो मात्रै दोषी ठहर भएको प्रहरीले जनाएको छ । उनीबिरुद्ध अपहरण र बलात्कार लगायत आठ मुद्दा लगाईएको छ ।


SHARE THIS

Author:

Facebook Comment