वीरगंज/
वि.उ.म.न.पा. वाड नं ८ माइस्थान नजिक पसल संचालन गर्ने गौतम चौरासियाले फरक शारीरिक क्षमता भएका व्यक्तिहरु लगाइ भारतबाट विभिन्न सामानहरु भन्सार चोरी पैठारी गरी गराइ भण्डारण एवं विक्री वितरण गर्दछन् भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी, जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधी र वडा प्रहरी कार्यालयका विर्ताको प्र.नि. सहितको प्रहरी टोली ले निज गौतम चौरासियको गोदाममा खानतलासी गर्दा भारतबाट भंसार चोरी पैठारी गरी लुकाई छिपाइ राखेका विभिन्न किसिमका विस्कुटहरु ५८ कार्टुन, केक ४ कार्टुन, सलाई ६ कार्टुन र रजनी गन्धा २८ प्याकेट बरामद गरिएको छ । उक्त सामानहरुको प्रचलित बजार मुल्य अं रु ३८०००। (अठ्तीस हजार) पर्ने बुझिएको छ । बरामद सामानहरु तथा पक्राउ परेका मानिस गौतम चौरासियालाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पठाइने व्यहोरा अवगत गराइएको छ ।