पोखरा, वैशाख २४ । विवादास्पद छविका लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएको विरोधमा प्रदर्शनमा उत्रेकाहरुले पोखराको सिर्जनाचोकमा जिल्ला शिक्षा कार्यालयको जीपमा आगजानी गरेका छन् ।
कार्कीको नियुक्तिको विरोधमा उत्रेका विद्यार्थीहरुले जीपमा आगजनी गरेका हुन् । विद्यार्थीहरुले आज बिहान बा१झ ६१०० नम्बरको जीपमा आगजनी गरेका छन् ।
यता, काठमाडौंमा कार्कीको पद बहालीको समाचार संकलन गर्न अख्तियार कार्यालय पुगेका सञ्चारकर्मीलाई समाचार संकलन गर्न दिइएन ।
प्रमुख कार्कीको आदेशमा समाचार संकलन गर्न नदिइएको कर्मचारीहरुले बताए । क्यामेरा निकालेमा कारवाही हुने भन्दै सुरक्षाकर्मीले सञ्चारकर्मीलाई धम्क्याएका थिए ।