धादिङ, वैशाख २५ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धादिङस्थित पृथ्वी राजमार्गका होटल तथा रेष्टुरेण्टको गुणस्तर मापन गर्दै वर्गीकरण थालेको छ । राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेण्टहरुले पालना गर्नुपर्ने न्युनतम मापदण्ड र गुणस्तरमा खासै सुधार नभएपछि विभागले होटल तथा रेष्टुरेण्टले पालना गर्नुपर्ने न्युनतम मापदण्ड तयार पारी प्रत्येक होटलमा वर्गीकरणको स्टिकर टाँस्न थालेको हो ।
गुणस्तर मापन गर्न चार प्रकारका स्टिकर प्रयोग गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार हरियो स्टिकर टाँसिएका होटल तथा रेष्टुरेण्टमा कुनै प्रकारको समस्या रहने छैन ।
पहेंलोमा एउटा रातो चिह्न भएको स्टिकर टाँसिएको होटलले आफ्नो गल्तीलाई सच्याउन सक्नेछ तर उसको खाद्य स्वच्छता कमजोर मानिन्छ ।
पहेंलोमा दुई वटा रातो चिह्न भएको स्टिकर टाँसिएको होटलले धेरै सुधार गर्नपर्ने हुन्छ । पूरा रातो स्टिकर टाँसिएको होटल भने सञ्चालन योग्य हुँदैन ।