अधिकारका लागि समलिंगी/तेस्रोलिंगीले छुट्टै पार्टी खोल्ने

काठमाडौं, बैशाख २४ । समलिंगी तथा तेस्रोलिगी समुदायले आगामी संविधान सभाको निर्वाचनमा छुट्टै राजनीतिक दल खोलेर उठ्न सकिने बताएका छन् । आफ्ना अधिकार सुनिश्चित् गर्न नीति निर्माण तहमै पुग्न पार्टी गठनबारे छलफल भइरहेको समलिंगी तथा तेस्रोलिगीहरुको मातृसंस्था निलहिरा समाजका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले बताए । यद्यपी अन्य दलहरुले आफुहरुलाई सम्मानजनक ठाँउ दिएको खण्डमा भने तत्काल नयाँ दल दर्ता नगर्ने उनले स्पष्ट पारे । 

“हाम्रा अधिकार अब कसरी अघि बढाउन सकिन्छ भन्नेबारे हामी चिन्तित छौं । पन्तले भने,–सकेसम्म हामी अन्य दलहरुबाटै निर्वाचन लड्न चाहान्छौं । दलहरुले सम्मानजनक स्थान नदिए समलिंगी तथा तेस्रोलिगीहरु मिलेर छुट्टै दल खडा गर्छांै । तर पार्टी खोल्ने अन्तिम निर्णय भई नसकेको उनले बताए ।” संचार माध्यम तथा राजनीतिक दलहरुलाई भेटेर आफ्नो नयाँ योजना तथा निलहिरा समाजको रोकिएको अभियान संचालनका लागि कसरी अघि बढ्न सकिन्छ भन्नेबारे सुझाव लिन सोमबार कार्यकारी निर्देशक पन्तको नेतृत्वमा कातिन्पुर पब्लिकेशन पुगेको निलहिरा समाजको टोलीले सहज रुपमा नागरिकता पाउन नसकेको गुनासो ग¥यो ।  

SHARE THIS

Author:

Facebook Comment