सिन्धुली, बैशाख २६ । महिला हिंसाबिरुद्व देशव्यापी रुपमा बहस चलिरहँदा सिन्धुलीमा भने महिला अधिकारकर्मीबाट नै महिला हिंसा भएको छ । एमाले निकट अखिल नेपाल महिला संघ सिन्धुलीकी कोषाध्यक्ष तथा महिला संञ्जालकी सदस्य गीता कटुवालले आफ्ना भाई उज्वलविक्रम थापालाई पहिलो श्रीमती हुँदाहुँदै दोश्रो विवाह गर्न सहयोग गरेर महिला हिंसा गरेको आरोपमा स्थानीय महिलाहरु विरोधमा उत्रिएका छन् ।
स्थानीय नगरपालिका कार्यालयका नायव सुब्बा तथा प्रशासन प्रमुख समेत रहेका थापाले दिदी गीताको दबाबमा पहिलो श्रीमती अन्जु थापा हुँदा हँदै दोस्रो विवाह गर्न लगाएको आरोप लगाइएको छ । सदरमुकाम सिन्धुलीमाडीका महिलाहरु त्यसविरुद्व विरोधमा उत्रिएका छन् । छोरा नजन्माएको निहुँमा लामो समयदेखि श्रीमानले नराम्रो व्यवहार गर्ने गरेको र सामान्य विषयमा समेत पटप पटक यातना दिदै आएको अन्जुको आरोप छ ।