मन्दिर अगाडी रक्सीको प्रचार, भक्तजनलाई समस्या- ट्राफिक र नेपाल प्रहरीद्वारा संरक्षण


वीरगंज, २३ वैशाख, वीरगंजको प्रसिद्ध गहवामाई मन्दिरको मूख्य प्रवेशद्वारमै बाजागाजासहित मदिरा अर्थात रक्सीको प्रचार प्रसार भइरहेको छ ।


ट्राफिक जाम, मन्दिरमा साँझको आरती र साँझपख निस्किने सेवाग्रहीको चाप रहने माइस्थान मन्दिर अगाडीकै मूख्यद्वारमा यसरी नियम विपरित जाम गरेर ध्वनी प्रदूष भइरहेको देखेर यस क्षेत्रमा आउने सेवाग्रही र मन्दिरमा आउने श्रद्धालु भक्तजनहरुलाई निकै समस्या परिरहेको गुनासो छ ।
मन्दिर अगाडी १० दिनदेखि फोहोर थुप्रिएको भएपनि सफा गर्न नमान्ने नगरपालिकाले समेत मन्दिर अगाडी हुन गइरहेको रक्सीको प्रचारकोलागि डोजर लगाएर आधाघण्टामै सो क्षेत्रलाई सफा गरेको छ ।
यसरी ट्राफिक जाम र सर्वसाधारण समेतको हक अधिकारलाई ख्याल नगरी सार्वजनिक स्थान जहाँ जतिखेर पनि स्थानीयहरूको घुइँचो लाग्ने गरेको छ त्यहाँ खुल्ला रुपमा टुबोर्ग नामक बियर अर्थात रक्सीको प्रचार गर्न कुटुम्ब ब्याण्डले जिम्मा लिएको छ । माइस्थान
ट्राफिक जाम गरी र ध्वनी प्रदर्शन गर्न र सर्वसाधारणलाई दुःख दिन सो ब्याण्डले स्थानीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, वीरगंज उप महानगरकापालिकासमेतलाई आर्थिक सहयोग गरेर प्रभावमा पारेपछि माइस्थान मन्दिरको मूख्य द्वारमै प्रचार गर्न अनुमति पाएको श्रोतले जनाएको छ ।
बढ्दो गर्मीका कारण दिउँसो ग्राहक नआउने हुनाले साँझपख ग्राहकको प्रतिक्षामा बस्ने यस क्षेत्रका सैयौं व्यवसायीहरू पनि नराम्ररी प्रभवित भएका छन् ।

SHARE THIS

Author:

Facebook Comment