चुनाव भइगयो भने पर्साबाट राप्रपा नेपालले कति सिट जित्ला ?
पर्सा जिल्लामा मात्रै होइन, देशैभरको अवस्था गत संविधानसभा निर्वाचनको भन्दा धेरै राम्रो छ । पर्सा जिल्लाकै कुरा गर्ने हो भने पनि अबको चुनावमा हामीले लगभग पाँचै सिट जित्ने निश्चित छ ।
चुनाव जित्ने आधार तपाईंहरुको के छ ?
मुख्य आधार भनेकै हाम्रो पार्टीले लिएको विचार, उठाएको मुद्दा र सिद्धान्त नै हो । त्यस्तै चार दलहरुको गतिविधिले जनता वाक्क दिक्क भएका छन् । उनीहरुका आजसम्मका काम कारबाही र झूटा आश्वासनले जनताले विश्वास त के मुखै हेर्न छाडेका छन् । देशमा उनीहरुकै कारण अराजकता र अन्यौलता बढेको छ । यसकारण जनताको आशा अब राप्रपा नेपालप्रति नै छ ।
अब तपाईंहरुप्रति जनताको आशा बढेको हो त ?
हामीले विगतमा कसैलाई झुृक्याएर, दुःख दिएर देशलाई अधोगतिमा पु¥याएको छैन । हामीले कहिल्यै त्यस्तो काम गरेका छैनौं । २०४७ सालको संविधानबमोजिम जति दिन हामीले मुलुक चलाउन पायौं त्यसको मूल्यांकन जनताले गर्दैछन् । त्यसकारण २०४७ सालको संविधान अहिले पनि आवश्यक छ ।
अहिले मुलुक गणतन्त्रमय भएको छ, तपाईंहरु त संवैधानिक राजसंस्था पक्षधर हुनुहुन्छ जनताले भोट दिन्छन् त ?
गणतन्त्रवादीहरु छन् नभएका होइनन् । दुनियाँका केही मुलुकमा अझै पनि गणतन्त्र छ । तर त्यो गणतन्त्रले जसरी काम गर्दै आएको छ, त्यसको ठिक विपरीत नेपालमा छ । न नेपालको माटो सुहाउँदो छ, यहाँको गणतन्त्र ? न सिद्धान्त नै । त्यसैले गणतन्त्र र गणतन्त्रवादी पार्टीलाई जनताले विश्वास गर्दैनन् ।
हिन्दू राष्ट्र हुनुपर्छ भनिरहनुभएको छ । भारतीय जनता पार्टीले निकै ठूलो आर्थिक सहायता गरेको चर्चा छ । साँचो हो ?
यो असत्य र आधारहीन कुरा हो । विश्वको कुनै पनि पार्टीले हामीलाई आर्थिक सहयोग गरेका छैनन् । भाजपाको नैतिक समर्थन होला, त्यो उसैलाई थाहा होला, हामीलाई त त्यो पनि थाहा छैन । तर संविधान नबन्दै हिन्दू राष्ट्र समाप्त भएको छ, त्यो नेपालका हिन्दूहरुमाथिको अपमान हो । यसले गर्दा पनि यिनीहरुले अब भोट पाउँदैनन् ।
पछिल्लो तथ्यांकअनुसार नेपालमा ८२ प्रतिशत हिन्दूधर्मावलम्बी छन् यस्तो अवस्थामा पनि तपाईंहरु मजबुत बन्न सक्नुभएन होइन ?
त्यो त अब मत जाहेर गरेपछि थाहा हुन्छ । जनताले बाहिर बोल्ने कुरा होइन । अर्को कुरा विदेशीहरुको दबाबमा हामीलाई कहीँबाट पैसा आएको छैन । त्यसकारण हाम्रो प्रचारप्रसारको गति र जनतामा पुग्न सक्ने साधन स्रोतको कमीले गर्दा यस्तो देखिएको मात्र हो । तर ठण्डा मनले भन्ने हो भने सबै जनता हिन्दू राष्ट्रका लागि भोट दिन तयार छन् ।
नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भइसकेको अवस्थामा पुनः पहिलेको अवस्थामा फर्काउन त कठिन होला नि ?
हिन्दू राष्ट्र कायम गर्न जनताले आन्दोलन गर्नैपर्छ । या जनमतसंग्रह हुनुपर्छ ।
तराईमा राप्रपा नेपालको मुख्य प्रतिस्पर्धा तराईकेन्द्रित दलसँग नै हुन्छ । कसरी सामना गर्दै हुनुहुन्छ ?
पर्सा जिल्लामा कुनै पनि मधेसी दल हामीसँग प्रतिस्पर्धामा आउँदैनन् । यहाँ हाम्रो एमाले, कांग्रेस र एमाओवादीसँग नै प्रतिस्पर्धा हुन्छ ।
मधेसकेन्द्रित दलको भूमिका शून्य भएको हो ?
हो । उनीहरुकै उपस्थिति नगन्य छ । विजय गच्छदार, शरदसिंह भण्डारी र राजेन्द्र महतोले लुटेर कमाएका छन् । उनीहरुलाई मधेसी जनताले भोट होइन, लात र कालोमोसो दिन्छन् । यिनीहरु त मधेसका नाममा कलंक नै हुन् । उनीहरु पैसाको भरमा जित्छौ भन्लान् त्यो सपना नदेखे हुन्छ । मधेसको नाममा शोषण गर्नेहरु पत्तासाफ हुन्छन् । मधेसका हक हितका नाममा चुनाव जितेर गए । आफैं कमाउने, भ्रष्टाचार गर्ने अनि संघीयतामा रमाउने गरेकाले उनीहरुलाई जनताले राष्ट्र टुक्र्याउने देशद्रोहीका रुपमा बुझेका चिनेका छन् ।
तर मधेसीहरु लोभलाचमा धेरै बिक्छन् भनिन्छ अनि उनीहरु पैसा खर्च गर्न पनि तयार छन् तर तपाईंहरुको त त्यो सम्भावना देखिन्न ?
हामीले काम गरेका छौं, त्यसैले हामीप्रति जनताको सहानुभूति छ ।
त्यस्तो उदाहरणीय काम के गर्नुभयो ?
हाम्रो इमानदारी नै उदाहरणीय काम हो । राष्ट्रभक्ति हो । यी दलहरुले पाँच वर्ष लगाएर संविधान नबनाएको स्मरण जनताले गरेकै छन् । फेरि पनि यिनीहरुलाई जितायो भने संविधान बन्दैन भन्ने जनताले बुझेका छन् । देशका संरचनामा क्षति गरे, पहिलाका उपलब्धि खतम गरेर हामीलाई सत्यनाश गरे ।
तर राजनीतिमा इमानदारीको कदर हुँदैन जसले फट्याइँ र चतु¥याइँ गर्छ उसैले जित्छ भनिन्छ नि ?
हुन त हो । किनभने ‘इलेक्सन इज ट्याक्टिस’ भन्छन् । त्यो ट्याक्टिस पनि लगाउलान् यिनीहरुले तर हामी पनि समयमै त्यसलाई परास्त गर्ने हिम्मत गर्छौं ।
पार्टीभित्र कलह र गुटबन्दी छँदैछ, उता राप्रपा र जनशक्तिको एकता हुँदैछ, यस्तो अवस्थामा तपाईंहरुको पार्टीप्रति कसरी ढुक्क हुने ?
राप्रपा नेपालमा कलह र गुटबन्दी मैले देखेको छैन । अर्को कुरा राप्रपा र जनशक्ति गणतन्त्रको कित्तामा गइसकेका छन् । गणतन्त्र भन्दैमा सूर्यबहादुर, पशुपति गणतन्त्रवादी हुन सक्छन् ? हुँदैनन्, त्यसैले उनीहरुले हामीलाई कुनै असर गर्दैनन् । पशुपति, सूर्यबहादुर, लोकेन्द्र र राजेश्वरजी कहिलेका गणतन्त्रवादी ? यदि गणतन्त्र नै मान्ने जनता त पुष्पकमल दाहालको पार्टीमा जान्छन् ।
भनेपछि सूर्यबहादुर र पशुपतिहरुको जनमत नै जफत हुन्छ ?
हुन्छ । उनीहरुलाई जनताले भोट दिने आधार नै छैन ।
राजसंस्था पुनस्र्थापना होला ?
राजसंस्थाको पुनःस्थापना यही गतिले जाने हो भने हुँदैन । तर हाम्रो पक्षमा जे जति जनता छन् ती जनतालाई आन्दोलनमा ल्याएर सडकमा उतार्नुपर्छ, त्यसबेला यिनीहरु सबै हट्छन् अनि मात्र राजसंस्था पुनःस्थापना गर्न सकिन्छ ।
त्यस्तो आन्दोलन गर्न किन ढिला । गरिरहनुभएको छ त ?
हामीजस्तो तल्लो स्तरमा काम गर्ने मान्छेलाई राष्ट्रिय स्तरको नेतृत्व आवश्यक छ । जसले हामीलाई त्यो काम लगाउन सकोस्, त्यसपछि राजसंस्था स्थापित भएरै छोडछ ।
तपाईंले आफ्नो पार्टीमा पहल गर्नुभएको छैन ?
छ । म त पर्सा जिल्लाको प्रतिनिधि मात्रै हुँ । मजस्तै सबै मिल्ने हो भने आन्दोलनको आँधीबेहरी ल्याउन सकिन्छ ।

श्रोत: रुपरेखा