वडा प्रहरी कार्यलय बिर्ताद्वारा अपाङ्गको विस्कुट खरिद गर्ने पक्राउ


वीरगंज, वैशाख ।
वीरगंजमा खुलेयाम तस्करी भइरहेको छ । भन्सार राजस्व गस्ती टोलीको अगाडिबाट अपाङ्गहरुले तीन पांग्रे साइकलमा विस्कुट, अण्डा, फोटोकापी लगायतको सामान ल्याउंदा उदार भएर सशस्त्र प्रहरीले नसमातेपनि हाल वडा प्रहरी कार्यालय वीर्तामा आएका प्रहरी निरीक्षक रविन्द्रनाथ पौडेलले विस्कुट खरिद गर्ने एक जना व्यपारीलाई पक्राउ गरेका छन् ।
वीउमनपा वडा नं. १० बस्ने गौतम चौरसियाले अपाङ्ग भरियाहरुले दिएको विस्कुट किनेको आरोपमा प्रहरीले निजलाई समातेको हो । हाल चौरसियालाई वडा प्रहरी कार्यालय वीर्ता
मा राखेर आवश्यक अनुसन्धान गरि रहेको वप्रका वीर्ताका प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । अपाङ्गहरुलाई प्रयोग गरेर चौरसियाले विस्कुट भण्डारन विक्री गर्ने व्यापारी भएकोले निजलाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय चलान गर्ने वहांले जानकारी दिनुभयो । प्रश्न उठ्छ अपाङ्गले रक्सौल भएर वीरगंज भन्सारको मुल गेट भएर आउंदा कुनै प्रकारको छेकवार नहुने तर व्यवसायीलाई ती अपाङ्गले विस्कुट विक्री गर्दा प्रहरीले समातेर लैजानु कतिको जायज छ त्यो आफैमा विवादस्पद छ । ट्रक छिरेपनि भेउ पाएर कारवाही गर्न नसक्ने प्रहरीका हाकिमहरुले हाल विस्कुट कस्ले खरिद गर्छ त्यसलाई समातिनु यो कुन प्रकारको नियम र कानुनको परिभाषा प्रहरीले सिकाउन खोज्दैछ, त्यो बुझि नसक्नु भएको छ ।

SHARE THIS

Author:

Facebook Comment